१७ देशमा राजदूत रिक्त, नियुक्ति प्रक्रिया अझै सुरु भएन
भारत, चीनसहित झन्डै १७ देशमा राजदूत पद रिक्त रहँदा सरकारले अझै नियुक्ति प्रक्रिया अघि नबढाएको भन्दै चासो बढेको छ। बालेन शाह नेतृत्वको सरकारले पूर्व सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाएपछि ती पद खाली भएका हुन्।
रिक्त मुलुकहरूमा भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया लगायत प्रमुख कूटनीतिक तथा दातृ राष्ट्रहरू रहेका छन्। यसले द्विपक्षीय सम्बन्ध, वैदेशिक सहायता र प्रधानमन्त्रीको सम्भावित विदेश भ्रमणमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
शिशिर खनाल ले दूतावास तथा कर्मचारी समायोजनबारे अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि आवश्यक देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाइने बताएका छन्। सरकारले खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने नयाँ मोडालिटी ल्याउने तयारी पनि गरेको छ।