रूबी खानको २३ दिने अनशन टुंगियो, सरकारसँग ५ बुँदे सहमति
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान को आन्दोलन टुंगिएको छ।
सरकारसँग मंगलबार भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन्। अनशन स्थलमा प्रधानमन्त्रीका प्रतिनिधि दीपा दाहालले उनलाई पानी खुवाएर अनशन समाप्त गराएकी थिइन्।
सहमति अनुसार निर्मला कुर्मीसम्बन्धी मुद्दाको अनुसन्धानलाई अघि बढाइने, अन्य घटनाको छानबिन गर्ने तथा आन्दोलनकारीको सुरक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।