‘पावर अफ साइबेरिया–२’ ग्यास परियोजना अड्कियो, रुस–चीनबीच अन्तिम सम्झौता भएन
रुस र चीनबीच बहुचर्चित पावर अफ साइबेरिया–२ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौता हुन सकेको छैन।
बेइजिङमा राष्ट्रपति भ्लादिमिर पुटिन र शी जिनपिङ बीच भएको उच्चस्तरीय वार्तापछि पनि परियोजना निष्कर्षमा नपुगेको हो।
विश्लेषकहरूका अनुसार चीनले ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै सावधानीपूर्ण र सीमित रुचि देखाएको छ भने रुसले पश्चिमी प्रतिबन्धपछि वैकल्पिक बजारका रूपमा चीनतर्फ ध्यान केन्द्रित गरेको छ।
वार्षिक करिब ५० अर्ब घनमिटर ग्यास आपूर्ति गर्ने लक्ष्यसहित प्रस्तावित यो परियोजनाको भविष्य भने अझै अनिश्चित रहेको बताइएको छ।