अमेरिका–इजरायललाई इरानको कडा चेतावनी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (इस्लामिक रिभोलुसनरी गार्ड्स कोर) ले अमेरिका र इजरायलले पुनः आक्रमण गरे मध्यपूर्वको तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिन सक्ने चेतावनी दिएको छ।
‘सेपाह न्युज’ मार्फत जारी विज्ञप्तिमा इरानमाथि आक्रमण दोहोरिए अझ व्यापक र विनाशकारी प्रतिक्रिया दिने बताइएको छ। साथै अमेरिकालाई लक्षित गर्दै कडा भाषा प्रयोग गरिएको छ।
यसैबीच पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दीर्घकालीन सम्झौता नभए इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत दिएका छन्।
तनावबीच दुवै पक्षबीच वार्ता प्रयास जारी रहे पनि पछिल्ला अभिव्यक्तिहरूले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख छ।