सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन तयार : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारविरुद्धको विरोध निरन्तर रहने र त्यसका कारण निलम्बन भए पनि स्वीकार गर्ने बताए। उनले पाँच वर्षसम्म प्रतिपक्षमा रहेर विरोध जारी राख्ने पनि उल्लेख गरे।
साम्पाङले सुकुम्बासी, लिपुलेक र विदेशी ऋणजस्ता विषयमा सरकारबाट स्पष्ट जवाफ नआएकाले विरोध गर्नु परेको बताए। साथै, जनताको प्रश्नलाई बेवास्ता गर्ने सरकारको मूल्याङ्कन जनताले गर्ने उनको भनाइ छ।