प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीले लिए शपथ, कार्यभार सम्हाले
काठमाडौं — प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका थिए। शपथपछि उनले आजैदेखि कार्यभार सम्हालेका छन्।