प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबिच भेट
काठमाडौं । वालेन्द्र शाह ले डा. स्वर्णिम वाग्ले सँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटमा बिहीबार प्रतिनिधिसभा बाट पारित नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
भेटमा सरकारको आगामी आर्थिक प्राथमिकता, बजेट कार्यान्वयन तथा विकास योजनाका विषयमा समेत कुराकानी भएको बताइएको छ ।