सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेन शाह बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।