सरकारले निर्वाचनसम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्यो
सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पेश गरिएको हो।
सोबिता गौतम ले प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह को तर्फबाट विधेयक प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा भएको अवस्थामा मतदाता नामावली अद्यावधिक गर्न सक्ने व्यवस्था कायम राख्न विधेयक ल्याइएको जानकारी दिइन्।
त्यस्तै, जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक ल्याइएको उनले बताइन्।