सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ५,८०० रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेको देखिएको छ। आज एक औँस सुन ४,६३० अमेरिकी डलर र चाँदी ७४ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।