सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा केही घटेको हो।
यसैबीच, चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३८५ रुपैयाँ तोकिएको छ।
बजारमा सुनको मूल्य घटे पनि चाँदीमा देखिएको वृद्धिले बहुमूल्य धातु बजारमा मिश्रित प्रवृत्ति देखिएको छ।