मन्त्रिपरिषद् बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने
काठमाडौँ — आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
मन्त्री पोखरेलका अनुसार बैठकमा नियमित कार्यसूचीसँगै सरकारका पछिल्ला निर्णय तथा समसामयिक विषयहरूमा छलफल हुनेछ। साथै विभिन्न मन्त्रालयका प्रस्तावहरू र प्रशासनिक विषयमा पनि निर्णय हुनेछन्।
बैठकपछि भएका निर्णयहरूबारे जानकारी सार्वजनिक गरिने सरकारका प्रवक्ताले बताएका छन्।