अनौपचारिक शिक्षाको तथ्यांक अब EMIS प्रणालीमा समावेश
शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षासम्बन्धी शैक्षिक तथ्यांकलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) मा आबद्ध गरेको छ।
केन्द्रले यसअघि शिशु कक्षादेखि कक्षा १२ सम्मको तथ्यांक नियमित रूपमा अद्यावधिक गर्दै आएकोमा अब अनौपचारिक शिक्षा क्षेत्रको तथ्यांक पनि संकलन तथा अद्यावधिक गर्न सुरु गरेको हो।
केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलका अनुसार सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक तथा आजीवन सिकाइसम्बन्धी हालसम्मका तथ्यांक EMIS मा प्रविष्ट गर्न पत्राचार गरिएको छ।
मन्त्रालयको ‘शैक्षिक सूचना, २०८१’ अनुसार देशभर २ हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन्।