पश्चिम बंगालमा पराजयपछि पनि ममता बनर्जीको अडान—मुख्यमन्त्री पद नछाड्ने घोषणा
पश्चिम बंगालको हालैको विधानसभा निर्वाचनमा ठूलो पराजय व्यहोरे पनि तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीले मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेकी छन्। १५ वर्षदेखि सत्तामा रहेको उनको दल यसपटक ८० सिटमा सीमित हुँदा भारतीय जनता पार्टी (भाजपा) ले २०७ सिटसहित स्पष्ट बहुमत हासिल गरेको छ।
निर्वाचनमा स्वयं ममता बनर्जी पनि भवानीपुर क्षेत्रबाट पराजित भएकी छन्। यद्यपि उनले हार स्वीकार नगर्ने अडान राख्दै पद नछाड्ने घोषणा गरेकी छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भाजपामाथि चुनावमा बेइमानी गरेको आरोप लगाउँदै निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाइन्। उनले “हारको प्रमाण नभएको” दाबी गर्दै आफ्नो निर्णयमा अडिग रहेको स्पष्ट पारिन्।
उता भाजपा नेताहरूले बनर्जीको कदमलाई असंवैधानिक र हास्यास्पद भन्दै आलोचना गरेका छन्। पराजयपछि पनि पद नछाड्ने निर्णयले राजनीतिक विवाद थप चर्किएको छ।
अब ममता बनर्जी भाजपाविरुद्ध सडक संघर्षमा उत्रिने तयारीमा रहेको बताइएको छ।