रूपान्तरणकारी बजेट ल्याउन निजी क्षेत्रको सरकारलाई सुझाव
आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेका बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ ले अर्थमन्त्री डा स्वर्णिम वाग्ले लाई सुझाव पेश गर्दै वर्तमान आर्थिक मोडेलमा आमूल परिवर्तन आवश्यक रहेको जनाएको हो।
निजी क्षेत्रले लगानी वृद्धि, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र, कर नीतिमा स्थायित्व तथा निर्यात प्रवर्द्धनमा जोड दिएको छ। सरकारले पनि कानुनी सुधार, डिजिटल ट्र्याकिङ र परिणाममुखी कार्यशैलीमार्फत अर्थतन्त्र सुधारमा केन्द्रित हुने जनाएको छ।