युरोपेली अन्तरिक्ष एजेन्सी र चिनियाँ विज्ञान प्रतिष्ठानको संयुक्त ‘स्माइल’ उपग्रह सफल प्रक्षेपण
चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको छ।
मङ्गलबार युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक पुगेको पुष्टि गरिएको छ। उपग्रहका सोलार प्यानल पनि सफलतापूर्वक खुलिसकेका छन् र प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
‘स्माइल’ चीन र ईएसएबीचको पहिलो मिशन–स्तरीय संयुक्त परियोजना हो। यसले पृथ्वीको चुम्बकीय क्षेत्रको समग्र अध्ययन गर्दै अन्तरिक्ष मौसम पूर्वानुमान र आधारभूत भौतिक विज्ञान अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।