फिर्के खोला अतिक्रमण हटाउने अभियान पोखरामा जारी
पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान आज पनि निरन्तरता दिएको छ।
महानगरका अनुसार अभियानअन्तर्गत ३५ स्थायी र ९७ अस्थायी व्यक्तिगत संरचना तथा १८ स्थायी र १० अस्थायी संस्थागत संरचना हटाइनेछ।
खोला अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानलाई महानगरले निरन्तर अघि बढाइरहेको जनाएको छ।