स्वास्थ्य मन्त्रालयको नाम परिवर्तन, मातहतका निकायलाई परिपत्र
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय ले परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मातहतका निकायलाई परिपत्र जारी गरेको छ।
मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार मन्त्रालयको नाम परिवर्तन गरिएको हो। अब मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ र अङ्ग्रेजी नाम ‘Ministry of Health and Food Safety’ कायम गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका शाखा अधिकृत नन्द किशोर यादवद्वारा जारी परिपत्रमार्फत सबै निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ। साथै, आधिकारिक वेबसाइट तथा अन्य विवरण अद्यावधिक गर्न सूचना प्रविधि शाखालाई पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।