सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै
सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
यसका लागि आज दिउँसो २:३० बजे मन्त्रिपरिषद् को बैठक बोलाइएको छ, जसले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।