सुनको मूल्य ४०० रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ कायम थियो ।