संसदभित्र अमानवीय व्यवहार भएको एमाले सांसद एशुदाकुमारी बरालको आरोप
नेकपा एमालेकी सांसद एशुदाकुमारी बराल ले सत्तारुढ दलका सांसदहरूले पुराना दलका सांसदहरूलाई अमानवीय व्यवहार गरेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सत्तापक्षका सांसदहरूले होच्चाउने र अशिष्ट व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाइन्। उनले संसद्मा सबै सांसदहरूको हैसियत बराबर हुने भएकाले सम्मानजनक व्यवहार आवश्यक रहेको बताइन्।
बरालले अशिष्ट शब्दहरू रेकर्डबाट हटाउन पनि माग गरेकी छन्।