सर्वदलीय बैठक आज : संसद् अधिवेशन तयारी तीव्र
काठमाडौं — सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयभित्र रहेको महासचिवको कार्यकक्षमा आयोजना गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दल प्रतिनिधिसभामा प्रवेश गरेका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।
बैठकमा संसद्को आगामी अधिवेशन सञ्चालन, कार्यसूची निर्धारण तथा व्यवस्थापनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रामचन्द्र पौडेलले बिहीबारका लागि संसद्को अधिवेशन आह्वान गरेसँगै त्यसको तयारी स्वरूप सर्वदलीय बैठक आयोजना गरिएको हो।
राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान गरेका छन्।