काठमाडौंमा पेट्रोलियम मूल्यवृद्धिविरुद्ध युवाहरूको प्रदर्शन
काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्न सक्ने भन्दै उनीहरूले सडकमा उत्रिएर विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देउ” र “पेट्रोलमा कर खारेज गर” जस्ता प्लेकार्ड बोकेका थिए।
राष्ट्रिय जेन-जी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पेट्रोलमा लगाइँदै आएका विभिन्न करहरू खारेज गरी मूल्य घटाउन सरकारसँग माग गरेका छन्।