रास्वपा पहिलो बन्नुमा विभिन्न निकायको भूमिका : बादल
काठमाडौँ, १९ चैत — नेकपा एमाले ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्नुमा विभिन्न निकायहरूको भूमिका रहेको आरोप लगाएको छ।
बिहीबार प्रतिनिधि सभा को पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल ले रास्वपाको विजयमा नेपाली सेना देखि बारबरा फाउन्डेसन सम्मको प्रभाव रहेको दाबी गरे।
“यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्,” उनले भने।