ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर जुवा, २१ जना पक्राउ
ललितपुर, १९ चैत — महालक्ष्मी नगरपालिका–७ चांगाथली स्थित ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाइएको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अपार्टमेन्टको दोस्रो तलामा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ नगद, ३९ बुक तास र १६ थान कौडा बरामद गरिएको छ।
प्रहरीका प्रवक्ता एसपी गौतम मिश्र का अनुसार उक्त भिल्ला सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गर्दै आएका थिए भने सो स्थान मोहन कृष्ण शाही ले भाडामा लिएर जुवा खेलाउने कार्य गर्दै आएका थिए।