रास्वपा केन्द्रीय समिति बैठक आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। प्रवक्ता मनिष झाले अनुसार बैठकमा ९ वटा एजेण्डामा छलफल हुनेछ।
बैठक साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित रहनेछ। साथै पार्टी गतिविधिबारे ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, पदाधिकारी मनोनयन, विधान संशोधन र महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल गरिनेछ।
यसका साथै स्थानीय तह उम्मेदवार क्लब गठन, प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने विषय, तथा सचिवालयका निर्णय अनुमोदन लगायत एजेण्डामा निर्णय लिने तयारी गरिएको छ।