प्रतिनिधि सभाको सभामुख निर्वाचन प्रक्रिया अघि बढ्यो
काठमाडौँ — प्रतिनिधि सभा को सभामुख चयन प्रक्रिया अघि बढेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसी ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे लाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो। सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने निर्णय पनि दलहरूबीच गरिएको छ। महासचिव पाण्डेले यही सहमति अनुरुप सूचना प्रकाशित गर्नेछन्।