लागूऔषधसहित देशभरबाट २६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमार्फत आएका एक भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो गाँजासहित पक्राउ गरिएको हो ।
त्यस्तै काठमाडौँ, नागार्जुन, मोरङ, नुवाकोट, पोखरा, बाँके, सुर्खेत र दाङका विभिन्न स्थानबाट गाँजा र खैरो हेरोइनसहित अन्य २५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानमा गरिएको नियमित गस्तीका क्रममा पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।