देशका विभिन्न स्थानमा दुर्घटना र डुबेर चार जनाको मृत्यु
काठमाडौँ — देशका विभिन्न जिल्लामा गएराति भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचारकक्ष का अनुसार सवारी दुर्घटना र डुब्ने घटनामा जनधनको क्षति भएको हो।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको छ।
यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको ज्यान गएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ।
धनुषाको सहिदनगर नगरपालिका–६ हरबडामा १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।