रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना, उद्धार कार्य जारी
रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री बोकेको गाडी दुर्घटनामा परेको छ।
ना७ ख ६७/६८ नम्बरको उक्त गाडी मन्थलीबाट रामेछाप–२ र ३ का मतदान केन्द्रमा वितरणका लागि जाँदै गर्दा देउराली सिरुबारी क्षेत्रको भीरमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। गाडीमा कर्मचारी र सुरक्षाकर्मी सवार रहेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको वा नभएकोबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। उद्धार र थप विवरण संकलनको काम जारी छ।