हिलिहाङ गाउँपालिकामा स्वास्थ्य परीक्षणमा १२%मा नसर्ने रोग भेटियो
हिलिहाङ गाउँपालिका, झापा — गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’ कार्यक्रममा ३० वर्षमाथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी समस्या लगायत नसर्ने रोगका लक्षण फेला परेको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरे का अनुसार नियमित स्वास्थ्य परीक्षणमा सहभागी नभएका, आर्थिक दृष्टिले कमजोर र व्यस्त नागरिकमा यस्तो समस्या बढी देखिएको हो।
खोज पड्तालमा चार जनामा कालाजार र छ जनामा क्षयरोग फेला परेको छ। यसका लागि गाउँपालिकाले निशुल्क औषधि वितरण, परामर्श र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी ले नियमित स्वास्थ्य परीक्षण, खोज पड्ताल, उपचार र औषधि वितरणलाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको बताए।
कार्यक्रमले स्थानीय स्वास्थ्य संस्थालाई बजेट र औषधि व्यवस्थापनमा सहजता दिएको छ र बिरामीलाई जटिल अवस्थामा पुग्नबाट बचाउने काम गरेको जनाएको छ।