जेनजी आन्दोलनका पीडितद्वारा गृहमन्त्री गुरुङलाई बधाई
काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारले नवनियुक्त गृहमन्त्री सुदन गुरुङ लाई बधाई दिएका छन् ।
गृहमन्त्री गुरुङ पदभार ग्रहण गर्न सिंहदरबार पुगेका बेला आन्दोलनका पीडित तथा सहिद परिवारका सदस्यहरूले उनलाई भेटेर बधाई दिएका हुन् ।
उनीहरूले नयाँ नेतृत्वले शान्ति, सुरक्षा र पीडितका माग सम्बोधनमा विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गरेका छन् ।