बझाङ केन्द्रबिन्दु बनाएर ४.१ रेक्टरस्केलको भूकम्प
बझाङ — सुदूरपश्चिमको बझाङ जिल्ला अन्तर्गत रायाल आसपास केन्द्रबिन्दु भएर आज मध्यान्ह भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प मापन गरिएको हो।
भूकम्पको केन्द्र रायाल आसपास रहेको जनाइएको छ। हालसम्म भूकम्पबाट कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि गत चैत ३ गते दार्चुला को सितौला आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र मा पर्ने भएकाले यहाँ समय–समयमा साना तथा ठूला भूकम्प जाने गर्दछन्। विशेषज्ञहरूका अनुसार यस्ता मध्यम खालका भूकम्पले ठूलो क्षति नगरे पनि सतर्क रहनु आवश्यक हुन्छ।