प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक
निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । भाेलि देशैभर प्रतिनिधिसभाकाे निर्वाचन हुँदैछ । सुरक्षा दृष्टिकाेणले यसपटककाे निर्वाचन संवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाकाे विषयमा चासाे राख्दै आएकी छन् । बैठकमा सबै सुरक्षा प्रमुखहरुले विफ्रिङ गर्ने बताइएकाे छ ।