२४ घण्टामा ३७ विपद् घटना: ६ घाइते, १९५ परिवार प्रभावित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का ३७ घटना हुँदा ६ जना घाइते भएका छन् भने १ सय ९५ घरपरिवार प्रभावित भएका छन्।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार आगलागीका ८ घटनाबाट ३४ घरपरिवार प्रभावित भएका छन्।
चट्याङका १० घटनामा ३२ घरपरिवार प्रभावित हुनुका साथै ३ जना घाइते भएका छन्। यस्तै, हावाहुरीका ८ घटनामा ३१ घरपरिवार प्रभावित भएका छन्।
सर्पदंशको १ घटनामा १ जना घाइते भएका छन् भने पहिरोको १ घटनामा ४ घरपरिवार प्रभावित भएका छन्।
वन्यजन्तु आक्रमणका ३ घटनामा ४ घरपरिवार प्रभावित भएका छन् र १ जना घाइते भएका छन्। त्यस्तै, बाढीको १ घटनामा २ घरपरिवार प्रभावित भएका छन् भने हिमपातका २ घटनामा ६ घरपरिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार घटनाबाट ठूलो मानवीय क्षति नभए पनि विभिन्न स्थानमा जनधनमा क्षति पुगेको छ।