ओली अदालत उपस्थित नहुने, भर्चुअल हाजिरीको तयारी; रमेश लेखक अदालतमा पेश
शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष KP Sharma Oli अदालतमा उपस्थित नहुने भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा भौतिक रूपमा उपस्थित नहुने भएका हुन् । उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट हाजिर गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यता, सोही दिन पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री Ramesh Lekhak भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि अदालतमा समेत पेश गरिएको छ ।