गोदावरीमा जुवातास खेल्दै ७ जना पक्राउ, नगदसहित तास बरामद
ललितपुर — गोदावरी नगरपालिका–१ दमाईटारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय सरोज महर्जन समेत रहेका छन्। उनीहरूलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ५६ हजार १ सय २५ रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।