पूर्वगृहमन्त्री रमेश लेखक म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित
शनिबार बिहान पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।
प्रहरी स्रोतका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनलाई सम्बन्धित कार्यालयमा पेश गरिएको हो। थप अनुसन्धान तथा बयान प्रक्रिया जारी रहेको बताइएको छ।
घटनासम्बन्धी विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।