जेन–जी आन्दोलनका क्रममा फरार कैदी कलङ्कीबाट पक्राउ
काठमाडौं — प्रहरीले जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको देवघाट घर भएका ५६ वर्षीय विष्णुबहादुर गुरुङलाई काठमाडौंको कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो।
गुरुङ बाघको छाला बिक्रीसम्बन्धी अभियोगमा दोषी ठहर भई १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना भुक्तान गर्ने फैसला अनुसार केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका थिए।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
पक्राउ परेका गुरुङलाई बाँकी कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।