ओलीद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई, सफल कार्यकालको शुभकामना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष KP Sharma Oli ले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता Balen Shah लाई बधाई दिएका छन् ।
ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले उल्लेख गरेका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाहले झापा क्षेत्र नम्बर ५ बाट ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए । त्यसबेलै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।
यसअघि भदौ २३ र २४ गतेको जनआन्दोलनपछि ओली सत्ता बाहिरिएका थिए ।