पूर्व सांसद सन्तोष चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा, ५ लाख धरौटी माग
काठमाडौँ । भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मंसिर २८ गते मुद्दा दायर गरेको थियो। चालिसे तत्कालीन गोकर्णेश्वर नगरपालिकाका मेयर थिए र उनी संघीय संसद्को अर्थ समितिका सभापतिसमेत रहिसकेका छन्।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग धरौटी माग्दा उनले अनुसन्धानका क्रममा इन्कारी बयान दिएका थिए। अख्तियारले चालिसेसहित पत्नी, छोरा र बुहारीलाई समेत प्रतिवादी बनाएर सम्पत्ति जफतको प्रक्रिया अघि बढाएको छ।