सिंहदरबारमा ६ दलका संसदीय दलका कार्यालय तयार
काठमाडौं — सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलका कार्यालयहरू तयार भएका छन्।
गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट यी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका हुन्। नयाँ संरचनाअनुसार सम्बन्धित दलहरूले सिंहदरबारभित्रै आफ्ना संसदीय गतिविधि सञ्चालन गर्न कार्यालय पाउने भएका छन्।