गैँडाकोटमा तीन सवारी ठोक्किँदा १२ जना घाइते
गैँडाकोट मा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसले पिकअप भ्यान र ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक इन्द्र तामाङ, पिकअप चालक दर्शन काप्री र बस चालक मोहनसिंह बलामी मगर घाइते भएका छन्। साथै बसमा सवार ९ जना यात्रु पनि सामान्य घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि चितवन लगिएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको यातायात अहिले सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ।