पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा : २१ जनाविरुद्ध अख्तियारको दावी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ।
मुद्दा अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी लगायत २१ जना व्यक्तिहरू र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियारले करिब रु ४६ करोड १५ लाख ८४ हजार ४३४ बिगो दाबी गरेको छ। अदालतले यस मुद्दाको सुनुवाइ प्रक्रियामा अघि बढाउने तयारी गरेको छ।