मिथिलाञ्चलमा धुमधामका साथ रामजन्मोत्सव मनाइँदै
मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गर्दै रामजन्मोत्सव धुमधामका साथ मनाइँदैछ। क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन र रामलीला मञ्चन भइरहेका छन् भने गाउँसहरमा रामभजन गुञ्जिरहेका छन्। लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णव का अनुसार रामनवमी मिथिलाको विशिष्ट पर्व हो, जहाँ रामलाई मिथिलाका ज्वाइँको रूपमा पूजिन्छ।
मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण र सुन्दरकाण्ड पाठ भइरहेको छ, साथै श्रद्धालुहरूले व्रत बसेका छन्। त्रेतायुगको रामअवतारको विशेष महत्वका कारण यो पर्व मिथिलामा विशेष रूपमा मनाइन्छ।