स्याङ्जा–१ मा शोकका बीच पनि बाबु–श्रीमतीले मतदान गरे, प्रेरणादायी दृश्य
२१ फागुन, स्याङ्जा, नेपाल — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार भावुक र प्रेरणादायी दृश्य देखिएको छ।
चन्द्रकान्त अर्याल र उनकी पत्नी सुमित्रा पोख्रेल अर्यालले बाबुको किरियाका बीच पनि अर्जुनचौपारी गाउँपालिका–१, स्याङ्जास्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा मतदान गरेर आफ्नो मताधिकार प्रयोग गरेका छन्।
परिवारमा शोक रहे पनि उनीहरू मतदान केन्द्र पुगेपछि त्यहाँ उपस्थित अन्य मतदाताको ध्यान खिचिएको थियो। मतदानपछि चन्द्रकान्तले भने, “मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो। त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं।”
यो दृश्यले नागरिक कर्तव्यप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक अभ्यासमा सहभागी हुने प्रेरणा प्रस्तुत गरेको छ।