ओली–लेखक पक्राउ: एउटै ‘जरूरी पक्राउ पूर्जी’ अनुसार प्रक्रिया सुरु
काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई शनिबार बिहानै प्रहरीले पक्राउ गर्दा एउटै “जरूरी पक्राउ पूर्जी” थमाइएको छ।
पक्राउ पूर्जीमा उल्लेख छ कि उनीहरूलाई ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा तत्काल नियन्त्रणमा लिनुपरेको हो। यो प्रक्रिया मुलुकी फौजदारी कार्यविधि संहिता, दफा ९ को उपदफा ६ अनुसार गरिएको हो। उक्त उपदफामा कसुर गर्ने व्यक्ति भाग्ने, प्रमाण नष्ट गर्ने वा फरार हुने अवस्था भए तत्कालै पक्राउ गर्न सकिने व्यवस्था उल्लेख छ।
पक्राउ गरेपछि २४ घन्टाभित्र अदालतमा पेस गर्नुपर्छ। पक्राउको बेलामा सार्वजनिक विदा परेमा कार्यालय खुल्ने बित्तिकै अदालतमा पेस गर्नुपर्ने व्यवस्था छ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले पक्राउ पूर्जी प्रक्रियासंगत नभएको बताए र कानुन अनुसार पक्राउ गर्दा पूर्जीको व्यहोरा खुलाएर दिनुपर्ने बताएका छन्। ओलीले पक्राउ परेपछि कानुनी सल्लाह लिएका थिए।