सुनचाँदीको मूल्यमा वृद्धि, तोलामा सुन ५ हजारले महँगियो
स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ५ हजार रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७२० रुपैयाँ पुगेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँ र चाँदी ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार १७० अमेरिकी डलर र चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।