इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते
इरानले आइतबार कतारमाथि गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।
गृह मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल–मुफ्ताहले टेलिभिजन सम्बोधनमार्फत कतारमा ६६ वटा मिसाइल प्रहार भएको पुष्टि गरे । उनका अनुसार देशभरका ११४ स्थानबाट मिसाइलका छर्राहरू खसेको रिपोर्ट प्राप्त भएको छ ।
यसैबिच, कतारको परराष्ट्र मन्त्रालयले इरानको यस कदमको भर्त्सना गरेको छ । मन्त्रालयका जनसम्पर्क प्रमुख इब्राहिम सुल्तान अल–हाशेमीले इरानले बारम्बार कतारलाई निशाना बनाउनु ‘लापरबाहीपूर्ण र गैर जिम्मेवार’ कार्य भएको बताएका छन् ।