चुरे गाउँपालिकामा भीरबाट लडेर वडासदस्यको मृत्यु
चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार ४७ वर्षीय दुर्गा अर्खालीको जंगलमा बाख्रा चराउने क्रममा भीरबाट लडेर ज्यान गएको हो।
घर नफर्किएपछि खोजतलास गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटना गए राति भएको हो।